भेरी-बबई डाइभर्सनको काम ६५ प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको आयोजनाको म्याद झन्डै साढे ४ बर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।

पहिलो चरणमा टनेल बोरिङ मेसिनबाट १२.२० किलोमिटर टनेल निर्माणको काम सम्पन्न गरिसकेको आयोजनामा दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरु भइरहेका छन् ।

अहिले सुर्खेतको चिप्लेमा हेडवर्क्स निर्माणको काम जारी रहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर पवन अधिकारीले बताए ।

Exit mobile version