अखिल क्रान्तिकारीको बाँके अध्यक्षमा न्यौपाने

मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा तपेन्द्र न्यौपाने चयन भएका छन् । कोहलपुरमा सम्पन्न २७औँ जिल्ला सम्मेलनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

उक्त सम्मेलनले ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । देशमा भएका तमामखाले विकृति, विसंगति, भ्रष्टाचार र अन्यायविरुद्धमा आवाज उठाउन कुनै मूल्य नचुकाउने नवनिर्वाचित अध्यक्ष न्यौपानेले दाबी गरे ।

उक्त सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक  मिलन राई , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बाँके इन्चार्ज दिपक शाही, केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाह, केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज विष्णु परियार (शक्ति), अखिल क्रान्तिकारी का कर्णाली प्रदेश इन्चार्ज हरि विष्ट, क्रान्तिकारी युवा संगठन नेपालका लुम्बिनी प्रदेश इन्चार्ज झलक विश्वकर्मा, युवा संगठनकै कर्णाली प्रदेश संयोजक प्रकाश शर्मालगायतको उपस्थिति थियो ।

Exit mobile version