विश्वका जुनसुकै मुलुकका पर्यटकले नेपालमा क्युआरबाट भुक्तानी गर्न सक्ने

व्यक्तिबाट व्यवसायीमा अर्थात् पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुला गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘एकीकृत परिपत्र, ०८०’ संशोधन गर्दै पिटुएम मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्ने बाटो खुला गरेको हो ।

पहिलो चरणमा ‘क्विइक रेस्पोन्स कोड’ (क्युआर कोड)बाट मात्रै भुक्तानी गर्न मिल्ने गरी बाटो खुला गरिएको हो । राष्ट्र बैंकले परिपत्रमार्फत तोकेको सुविधा दिन आवश्यक तयारी भइरहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले जनाएको छ ।

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी परीक्षणको काम सकिएपछि औपचारिक रूपमा यस्तो सेवा शुभारम्भ हुने एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले जानकारी दिए ।

Exit mobile version