नेपालगन्जका परीक्षा हलभित्र मोबाइल लिन प्रतिबन्ध

शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको आधाभूत तह कक्षा १ देखि ८ सम्मको परीक्षा हलभित्र मोबाइल लिन निषेध गरिएको छ । विद्यार्थी, परीक्षामा खटिने निरीक्षक र कर्मचारी सबैलाई यो नियम लागु हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

साथै नगरले परीक्षामा सहभागी हुँदा अनिवार्य विद्यालय पोसाक प्रयोग गर्न अनुरोध गरेको छ ।

Exit mobile version