नेपालगन्जमा ठूलो परिणामका कुखुराको चल्ला बरामद

अवैधरुपमा भारतबाट भित्र्याइएका ठूलो परिणाममा प्रहरीले ब्रोइलर कुखुराका चल्ला बरामद गरिएको छ । नेपालगन्ज-२० राँझा, नेपालगन्ज-१८ कारकाँदो र डुडुवा-६ हिरमिनियाबाट प्रहरीले पाँच हजार नौ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।

भारतबाट अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ब्रोइलर कुखुराको बच्चा ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । पाँच लाख ९० हजार रुपैयाँ बराबरका ५९ पेटीमा रहेका पाँच हजार नौ सयवटा कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ढुवानीमा संलग्न अटो र केही व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन । आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको छ ।

साथै कारकाँदोबाट अवैधरुपमा भारतबाट ल्याएको आठ केजी माछा पनि बरामद गरिएको छ ।

Exit mobile version