कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका- ४ मुडामा विरगञ्जबाट लाइटर, खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version