ढकेरी नजिकै वृद्धको शव फेला

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व-पश्चिम राजमार्गअन्तर्गत ढकेरीबाट पूर्वतिर आइतबार बिहान एकजना वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन् । उनको पहिचान हुन् नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनको शवलाई पोस्टमाटमका लागि भेरी अस्पताल पुर्याइएको छ । उनको मृत्यु वन्यजन्तुको आक्रमणबाट भयो वा गाडीको ठक्करबाट भयो भन्ने एकीन हुन सकेको छैन । ट्राफिकले वन्यजन्तुले आक्रमण गरेको हुन सक्ने अनुमान गरे पनि स्थानीयले गाडीको ठक्करबाट पनि मृत्यु भएको हुन सक्ने भएकाले यसलाई अनुसन्धान गर्ने बताएका छन् ।

Exit mobile version