भारत – पाकिस्तानले आणविक प्रतिष्ठान, कैदीहरूको सूची साटासाट

भारतले सोमबार पाकिस्तानसँग आफ्ना आणविक प्रतिष्ठानहरूको सूची साटासाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानले नयाँदिल्ली र इस्लामाबादमा एकैसाथ कूटनीतिक च्यानल मार्फत आणविक प्रतिष्ठान तथा सुविधाहरूको सूची आदानप्रदान गरको विज्ञप्तिमा उल्लेख गरिएको छ । द्विदेशीय सम्झौता अनुसार प्रत्येक वर्षको जनवरीको पहिलो दिन सूची आदानप्रदान गर्ने गरिन्छ ।

भारत र पाकिस्तान बीच यस्तो सूची आदानप्रदान भएको यो लगातार ३३ औं शृङ्खला हो । यसै सन्दर्भमा दुवै देशले आ–आफ्नो क्षेत्रका कारागारमा रहेका कैदी तथा माछा मार्ने व्यक्तिहरूको सूची पनि आदानप्रदान गरेको मन्त्रालयको उल्लेख गतरेको छ ।

Exit mobile version