कोहलपुरको मेघा सहकारीमा तालाबन्दी

कोहलपुरस्थित मेघा बचत तथा ऋण सहकारी संस्थामा आइतबार तालाबन्दी गरिएको छ । बचत गरेको पैसा नदिएको भन्दै यहाँका बचतकर्ताहरुले उक्त सहकारी संस्थामा तालाबन्दी गरेका हुन् ।

भोलिभोलि भन्दै सहकारीले पैसा दिन आलटाल गरिरहेको बचतकर्ताहरुले बताएका छन् । बचत गरेको पैसा ढुब्न थालेको भन्दै बचतकर्ताहरु चिन्तित भएका छन् । उनीहरुले तीन महिनादेखि अध्यक्ष सम्पर्कविहीन भएको बताएका छन् । अध्यक्षले आफूसँग छलफल गरेपछि मात्र ताला खुल्ने ।

करिब डेढ वर्षदेखि सहकारीमा जम्मा गरेको पैसा निकाल्न खोज्दा सहकारीले नदिएको कोहलपुरकी बिरमी शाहले बताइन् । ‘एक लाख जति रुपैयाँ सहकारीमा छ,’ उनले भनिन्, ‘तर, दुई महिनादेखि निकाल्न खोज्दा सहकारीले पैसा दिएको छैन ।’ उनी जुत्ताचप्पल सिलाउने काम गर्छिन । ‘घरबाट पैसा चोरी होला भनेर थोरैथोरै पैसा सहकारीमा जम्मा गरेको थिएँ,’ उनी भन्छिन्, ‘समस्या पर्दा घर खर्च चलाउनलाई पैसा जम्मा गरेको हुँ ।’

तस्विर सौजन्यः साहारा टिभी

Exit mobile version