सडक दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

गएराति भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको  मृत्यु भएको छ ।

भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा२१च ७५५३ नम्बरको कारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version