नेपालगन्ज मेडिकल कलेजमा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया 

नेपालगन्ज मेडिकल कलेजका पहिलाेपटक बिरामीलाई अर्ध बेहास बनाएर सफल अप्रेसन गरिएकाे छ । एक हप्ताभित्र दुईवटाकाे अवेक क्रेनियाेटाेमी विधिबाट ब्रेन ट्युमरकाे सफल अप्रेसन गरिएकाे हाे ।
नेपालगन्ज-११ की रेखा कश्यप र सुर्खेत वीरेन्द्रनगर-१ कि दिपा गाैतमकाे अप्रेसन भएकाे नेपालगन्ज मेडिकल कलेजले जानकारी दिएकाे छ । उक्त अप्रेसनमा शल्यक्रिया न्युराेसर्जरी विभागका डा• मनिषा काेलाक्षपति, डा• निरज घिमिरे, डा• सुवाेध गाैतम, डा• उपमा शर्मा र एनेस्थेसिया डा• नवीनकुमार रेग्मी, डा• कपिल पाेखरेललगायतकाे टाेली सहभागी थियाे ।
अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया पश्चिम नेपालमा पहिलाेपटक भएकाे अस्पतालले दाबी गरेकाे छ ।
अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकार को शल्यक्रिया हो ।
यस शल्यक्रियामा, शल्यक्रियाको दौरान बिरामीलाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोद्धै शल्यक्रिया गर्ने गरिन्छ ।
यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया (औषधि) दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन ।
रेखा कश्यपलाई हात खुट्टाको माेमेन्, बोली, र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो । दीपा गौतमलाई भने हात खुट्टाको माेमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएकाे छ ।
हाल दुवै बिरामीलाई डिस्चार्ज गरी घर पठाइएकाे छ ।

Exit mobile version