रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमबाट मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस सोमबार साँझ पाँच बजेको समयमा बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटना भएको हो। 
दुर्घटनामा ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार अहिले घाइतेहरूको उद्धार कार्य जारी छ।
‘बस सडक देखी अन्दाजी १५० मिटर तल खसेको छ। घाइतेहरूको उद्धार कार्य भइरहेको छ। हाल सम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएका छौं।’ डिएसपी केसीले भने।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। 

Exit mobile version