नेपालगन्जबाट खेलयात्रा सुरु गरेकी राष्ट्रिय महिला क्रिकेटकी पहिलाे कप्ताट नेरीले लिइन सन्यास

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेकी छिन्। नेरीले सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा मंगलबार गरेकी हुन्। 
सन् २००७ मा नेपालले थाइल्यान्डविरुद्ध पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दा नेपालको कप्तानी नेरीले गरेकी थिइन्। सो खेलमा नेपाल ५५ रनले विजयी भएको थियो। नेरीले नेपालका लागि १७ वर्ष क्रिकेट खेलिन्। पछिल्लो केही समययता नियमित टिममा स्थान गुमाएकी नेरीले संन्यासपछि सबैलाई धन्यवाद दिएकी छिन्। 
विशेषगरी आफ्नो परिवारलाई क्रिकेट खेल्नका लागि साथ दिएकोमा धन्यवाद दिएकी छिन्। ३१ वर्षीय नेरीले नेपालगञ्जबाट आफ्नो क्रिकेट यात्रा थालेकी थिइन्। सन् २००७ मा मलेसिया भएको एसिसी वुमन्स प्रतियोगितामा उनको कप्तानीमा नेपालले फाइनलसम्मको यात्रा गरेको थियो। डेब्यू प्रतियोगितामै फाइनल खेलेको नेपाल उपाधि भिडन्तमा भने बंगलादेशसँग पराजित भएको थियो। सो प्रतियोगितामा नेरीले १२ विकेट लिँदै उत्कृष्ट बलरको अवार्ड जितेकी थिइन्। 
नेपालका लागि ११ वुमन्स टी-२० अन्तर्राष्ट्रिय खेलेकी नेरी १७ विकेट लिएकी छिन्। 

Exit mobile version