तलाउमा ढल प्रवेशबारे बागेश्वरी गुठीको स्पोष्टोक्ती

बागेश्वरी मन्दिरको तलाउमा ढल प्रवेश गरेको अवस्था नभएको भन्दै श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो अध्ययनसहितको स्पोष्टोक्ती सार्वजनिक गरेको छ । गुठी सचिव गोेपालप्रसाद अधिकारीले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै कुनै ब्यक्तिको घर वा शौचालयको दुर्गन्धित पानी उक्त तलाउमा प्रवेश गरेको अवस्था नभएको स्पष्ट पारेका हुन् ।

तलाउमा घर वा शौचालयको ढल सिधै मिसाइएको चर्चाले व्यापकता पाएपछि अध्ययन गरेको जनाउँदै गुठीले तत्पश्चात प्राविधिक समेतको सहयोगमा स्थलगत अवलोकन गर्दा हाल उक्त तलाउ सुख्खा अवस्थामा रहेकोमा तलाउको किनारको भित्री भागबाट तलाउको पानीको भागलाई अक्सिजन सुचारु गर्न राखिएको प्वालहरुबाट माटोको लेदो बाहिर बगिरहेको देखिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जीर्ण अवस्थामा रहेको तलाउ बीचको जुंगे महादेवको मन्दिर र उक्त मन्दिर जाने पुलको नयाँ निर्माण कार्य भइरहेको जनाइएको छ । ‘संवेदनशील विषय भएकाले अध्ययन गरेरै धारणा सार्वजनिक गरिएको हो,’ सचिव अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘हामी प्रष्ट छौं, बाहिर हल्ला गरिएजस्तो कुनै तलाउमा ब्यक्तिको घर वा शौचालयको दुर्गन्धित पानी मिसिएको भन्ने कुरामा कुनै सत्यता छैन ।’ अधिकारीले जो कसैले पनि अहिले गएर हेर्न सकिने बताए ।

Exit mobile version