पत्रकार जायसवालले ९९औं पटक रक्तदान गरे

सञ्चारकर्मी पवन जायसवालले ९९ औं पटक रक्तदान गरेका छन् ।

बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा रहेका सञ्चारकर्मी पवन जायसवालले आइतवार (१७ मार्च २०२४) का ९९ औं पटक रक्तदान गरेका हुन् ।

बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँ निवासी नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिका  सल्लाहकार, तथा सञ्चारकर्मी हिमालिनी अनालाईन, मध्यान्ह राष्ट्रिय दैनिक, लोकलय मासिक म्याग्जिन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा सम्वाददाताको रुपमा रहेका छन् । उहाँले बि.सं.२०८० साल चैत्र ४ गते आइतवार (१७ मार्च २०२४) नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा ९९ औं पटक रक्तदान गरेका छन् । 

रक्तदान गर्ने पाकेटको संख्या एम नं. ४१०१ रहेको छ । रक्तदान गर्दा प्राविधिक प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटाले प्राविधिकमा सहयोग गरेका थिए । रक्तदान समयमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सन्दिप आचार्य, प्रशान्त तिवारी, पुनम थापा, केशर सिंह डाँगी लगायतको सहभागिता रहेको थियो ।

पवन जायसवालले बि.२०४६ साल असोज ४ गते (२० सेप्टेम्बर १९८९) बुद्धवार का दिन नेपालगन्ज जेसीजले गरेको रक्तदान कार्यक्रमको आयोजनामा पहिलो पटक रक्तदान गरेर शुरुवात गरेका थिए । बाँके र बर्दिाया जिल्लामा विभिन्न संघ संस्थाद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा गएर स्वयं रक्रदान गर्ने र सहयोग पनि गर्दै आई रहेका छन् ।

यसरी बर्दिया जिल्लाको ठाकुबाबा नगरपालिका वाडं नं.–मानपुर निवासी ५८ वर्षीय प्रेम प्रसाद लम्साल, उहाँ नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिलाको अध्यक्ष तथा समाजको केन्द्रीय सदस्य समेत रहेका छन् । प्रेम प्रसाद लम्सालले पनि चैत्र ४ गते आइतवार कोहलपुर दशबिगहा स्थित रहेको रक्त सञ्चार इकाई केन्द्रका गएर ६८ औं पटक रक्तदान गर्नुभएको छ । उहाँले रक्तदान गर्नु भएको पाकेटको संख्या एम.नं. ८४२ रहेको छ । उहाँले रक्तदान गर्ने समयमा प्राविधिकमा रामभक्त लम्सालले सहयोग गरेका थिए । प्रेम प्रसाद लम्साल अहिलेको समयमा बर्दिया जिल्लाका पहिलो रक्तदाताको रुपमा रहनुभएको छ । साथै उहाँले विभिन्न संस्थाहरुसंग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना पनि गराउँदै आई रहनु भएको छ ।

Exit mobile version