नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालन

आन्तरिक पर्यटक आकर्षण गर्ने उद्देश्यले नेपालगन्जस्थित वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । यसले यहाँको आन्तरिक पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सुन्दर र आकर्षण हुँदाहुँदै पर्यटकीय क्षेत्रका रुपमा विकास नहुँदा वाटरपार्क सुनसान थियो । तर पछिल्लो समय पर्यटकीयरुपमा अगाडि बढाउन थाल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । बोटेबोरा प्रालिले वार्षिक १९ लाख ५५ हजार रुपैयाँमा वाटरपार्कको ठेक्का पाएपछि पहिलोपटक मोटरबोटको परीक्षण सुरु गरिएको हो । प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ ।  यो कम्पनीले चितवनको नारायणी नदीमा पानी जहाज सञ्चालन गरिरहेका छ ।

Exit mobile version