एक मिनेटमा नेपालगन्जः पढ्नूस् आजका मुख्यमुख्य समाचार शीर्षक

  1. बाँकेका साइकल अभियन्ता सतिश निरौला र रमेश मल्लले सुरु गरेको सुदूरपश्चिमको महाकाली नदीस्थित कुतियाकभरदेखि सुदूरपूर्व मेचीस्थित केचनाकेवलसम्म साइकल यात्रा सकिएको छ । मंगलबार १२औँ दिन उनीहरुले एक हजार एक सय १५ किलोमिटर दुरी पार गर्दै आफ्नो साइकल यात्रा पूरा गरेका हुन् ।
  2. दादुरा-रुबेला खोप लगाउन छुटेका ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप पुनः लगाउन सुरु भएको छ । मंगलबारदेखि ११ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा, जानकीमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
  3. पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगन्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न यहाँ मोटरबोट सञ्चालन गरिएको वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
  4. भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ ।
  5. कर्मचारी मिलन केन्द्र बाँकेको अध्यक्षमा गोविन्दप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
  6. बाँके निर्माण व्यवसायी संघको अधिवेशनले लिलाराज उपाध्यायको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
  7. नेपालगन्जबाट किक्रेट यात्रा सुरु गरेकी नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी छिन् ।
  8. र, भेरी अस्पतालले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको जनाएको छ । केही दिन अघि भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको थियो ।
Exit mobile version