हावाहुरीले उडान प्रभावित हुँदा उपप्रधानमन्त्री महासेठ नेपालगन्जमै रोकिए

हावाहुरीले नेपालगन्ज विमानस्थलबाट हुने उडान प्रभावित हुँदा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ नेपालगन्जमै थन्किएका छन् । सडक विभागको कार्यक्रममा सहभागी हुन् आएका मन्त्री महासेठ मंगलबार दिउसो २:०० बजेको यति एयरलाइन्सबाट काठमाडौं जाने तयारी थियो ।

‘काठमाडौंबाट उडान भर्नलाई यात्रुहरु जहाजमा चढिसक्नु भएको थियो,’ विमानस्थलका एक सुरक्षाकर्मीले भने, ‘बेगले हावाहुरी आएपछि यात्रु ओरालेर उडान हुन सकेन ।’ अब सम्भवतः ४:०० बजेतिर काठमाडौंबाट जहाज उठ्ने उनको भनाइ छ । सोही जहाजमा मन्त्री महासेठले उडान भर्ने छन् ।

अहिले हावाहुरी कम भएपछि पुनः नेपालगन्ज विमानस्थलबाट उडान नियमित भएका छन् ।

Exit mobile version