कर्णाली प्रदेश राजधानीमा थपियो तीन तारे होटेल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ। दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो।
सञ्चालक तर्कबहादुर शाहीले प्रदेश राजधानीमा सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरेर एकान्त ठाउँमा तीन तारे स्तरको होटेल सञ्चालनमा ल्याइएको बताए। एकान्त र सुविधा सम्पन्न होटेल भएकाले सबैको रोजाइमा पर्ने उनले बताए। होटेल वीरेन्द्रनगर बजारदेखि १४ किलोमिटर दुरीमा उत्तरतर्फ पर्छ।
उनले नयाँ वर्षको अवसर पारेर होटेलको औपचारिक उद्घाटन गर्ने लक्ष्य राखिएको बताए।

Exit mobile version