धरानमा विभत्स अवस्थामा किशोरीको शव फेला

सुनसरीको धरानमा एक जना किशोरीको शव फेला परेको छ । धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा  किशोरीको शव फेला परेको हो ।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ । मृतक किशोरीको पहिचान खुलिसकेको छैन । धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ ।

‘आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।’

Exit mobile version