भन्सार अगाडिको व्यारियरमा ठोकिएर एकजनाको मृत्यु

बुधबार राति नेपालगन्ज भन्सार कार्यालयको व्यारियरमा ठोकिएर एकजनाको मृत्यु भएको छ । नेपालगन्ज-१८ का २४ वर्षीय सुरज बर्माको मृत्यु भएको हो ।

उनी जमुनाहबाट नेपालगन्जतर्फ आउँदै गर्दा उक्त व्यारियरमा ठोकिएका थिए । भन्सार कार्यालयनेर राति सडक बन्द गर्न सुरक्षाकर्मीले व्यारियर बन्द गर्ने गर्छन् ।

Exit mobile version