अधुरा योजना पूरा गर्न मन्त्रीको ध्यानाकर्षण

नेकपा एमाले बाँकेले जिल्लामा सञ्चालित अधुरा र अलपत्र योजना पूरा गर्न मन्त्रीको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष किस्तम कुमार कक्षपति लगायतले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बाँकेमा अलपत्र परेका योजना र निर्माण व्यवसायीहरूले समय सीमाभित्र सम्पन्न गर्न नसकेका योजनाहरू यथाशिघ्र सम्पन्न
गर्न ध्यानाकर्षण गराएको एमाले बाँके अध्यक्ष कक्षपतिले जानकारी दिए ।

अध्यक्ष कक्षपतिले खजुराको खजुराको १ हजार ८ सय मिटर र गुलरिया २ हजार २ सय मिटर बाटो ठेकेदारका बर्षौदेखि कारण अलपत्र परेको, परसपुर–गौघाट सडकमा ठेक्का भएको लामो समय हुँदा पनि १० प्रतिशत मात्रै काम भएको, सडकहरू अलपत्र पर्दा त्यसले आवतजावत गर्नेलाई सास्ती भैरहेको बारे मन्त्री महासेठलाई जानकारी गराएको बताए ।

उपप्रधानमन्त्री महासेठसँग नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले नेपालगन्जको जमुनाहदेखि वडा नं. २० को सीमानासम्म वैकल्पिक सडकका रूपमा रिंग रोड निर्माणका लागि प्रस्ताव गरेको जानकारी दिए । ‘यसमा मेरो पार्टीका नेताहरूले समर्थन जनाउनु भएकाले मलाई विश्वास छ, यो प्रस्ताव कार्यान्वयनमा आउने छ’, एमाले बाँकेका उपसचिव समेत रहेका बर्मा भने ।

‘मन्त्रीज्यूले तत्काल काम नगर्ने ठेकेदारलाई प्रक्रिया अनुसार कारवाही अगाडि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ’, अध्यक्ष कक्षपतिले भने, ‘अधुरा, अलपत्र सडकहरू सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न निर्देशन भएको छ ।’

Exit mobile version