वडाध्यक्ष बर्माद्वारा रिङ्गरोडका लागि मन्त्रीको ध्यानाकर्षण

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष समेत रहेका नेकपा एमाले बाँकेका सहसचिव दिपक कुमार बर्माले नेपालगन्जमा रिङ्ग रोड बनाउन सरकारसँग माग गरेका छन् ।

बुधबार नेपालगन्जमा रहेका उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री रघुवीर महासेठसँग एमाले बाँके उपसचिव बर्माले नेपालगन्जमा रिङ्ग रोडको आवश्यकता रहेको औंल्याउँदै ध्यानाकर्षण गराएका हुन् ।

एमाले बाँकेको टोली सहित मन्त्री भेटेका वडाध्यक्ष बर्माले नेपालगन्ज जमुनाह देखि उत्तर वडा नं २० नेपालगन्जको सीमासम्म रिङ्ग रोड निर्माण गरिदिन मन्त्री महासेठसँग आग्रह गरेका थिए ।

‘मन्त्रीज्यूले रिङ्गरोडको विषय गम्भीरतापूर्वक लिनु भएको छ’, वडाध्यक्ष समेत रहेका एमाले बाँके उपसचिव बर्माले भने, ‘पार्टी पनि सकारात्मक रहेकाले रिङ्ग रोडको प्रस्ताव अघि बढ्नेमा आशावादी छु ।’

Exit mobile version