साइकलयात्रीलाई सम्मान

मेची महाकाली साइकल यात्रा पूरा गर्ने बाँकेका दुई साइकल यात्रीलाई नेपालगन्ज साइक्लिङ्ग क्लबले बिहीबार औपचारिक कार्यक्रम बीच सम्मान गरेको छ ।

नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले टेन्डम साइकलद्वारा मेचीदेखि महाकालीको यात्रा पूरा गर्ने सतिश निरौला र रमेश कुमार मल्ललाई स्वागत सम्मान गरिएको जानकारी दिए ।

निरौला र मल्लले फागुन २४ गते महाकालीबाट साइकल यात्रा सुरु गरेर चैत्र ५ गते १ हजार १ सय १५ किलोमिटर दुरी तय गर्दै मेचीमा यात्रा सम्पन्न गरेका थिए । ‘उहाँहरु साइकल यात्रीहरुका लागि उदाहरण बन्नु भएको छ’, क्लब अध्यक्ष सापकोटाले भने ।

Exit mobile version