पल शाह आउने दिन महोत्सव किन रोक्यो प्रशासनले ?

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपालगन्जको वाटरपार्कमा लगाएको मेलामा पूर्व निर्धारित होली महोत्सव नहुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले शुक्रबार सार्वजनिक सूचना जारी गरेर होली पर्व फागुन १२ गते मेला सञ्चालन नगर्न अनुरोध गरेका हुन् ।

महासंघले होली पर्वको सन्दर्भमा मेलामा नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई निम्त्याएर होली महोत्सव आयोजना गर्दै थियो ।

तराईमा फागुन १२ गते होली विशेष रुपमा मनाइन्छ । होलीको सुरक्षा व्यवस्था मिलाउन बाँकेको प्रहरी, प्रशासनलाई हरेक बर्ष चुनौति हुने गरेको छ ।

महोत्सव आयोजना हुँदा त्यसले थप सुरक्षा चुनौति निम्त्याउने हुँदा त्यस दिन महोत्सव रोक्न प्रशासनले आग्रह गरेको बताइन्छ ।

Exit mobile version