प्रजिअको नेतृत्वमा नदीजन्य पदार्थको स्थलगत अनुगमन

रुपनी जि एम

बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न खोलाहरु तथा राप्ती नदीबाट नदीजन्य पदार्थको अबैध उत्खनन तथा चोरी निकासीको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ ।

प्रजिअ पोखरेललको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय, जिल्लाका सुरक्षा निकायलगायतको टोलीले राप्तीसोनारी २ को मुगुवाखोला क्षेत्रमा नदीजन्य पदार्थको उत्खननको अवस्था बारेमा स्थलगत अनुगमन गरिएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तरगत जनताको तटबन्ध कार्यक्रमको लागि राप्तिसोनारी गाउँपालिकाले सिधै राजस्व लिएर नदिजन्य पदार्थहरू दिएको भन्ने कुरा आएपछि त्यसमा अवैध रुपमा नदीजन्य पर्दार्थहरुको उत्खनन भएको, वातावरणीय प्रभाव विश्लेषण प्रतिवेदनको पालना नभएको जस्ता कुराहरु चर्चामा आएपछि आफुहरु अनुगमनमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

‘प्रारम्भिक रुपमा स्थलगत अनुगमन गर्दा नदीजन्य पदार्थको उत्खननमा ठूलो विनाश भएको अवस्था खासै देखिएन ।’ प्रजिअ पोखरेलले भन्नुभयो,‘नदी उतखनन्का लागि वातावरणीय प्रभाव विश्लेषण प्रतिवेदनको पालना पुर्ण रुपले गरेको सबै कागजात पाईएको छ ।’ बाँकेमा नदीजन्य पदार्थको लागि राप्तीसोनारी, डुडुवा, बैजनाथ गाउँपालिका परिचित रहेका छन् ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशाखकिय अधिकृत ओमप्रकाश देवकोटाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्रि बितरणमा अमानतमा वा चोरी निकासी हुने गरेको कारण पनि जनमानसको चासोको विषय हुने भएपनि राप्तीसोनारी गाउँपालिकाले आवश्यक राजस्व लिएर नियमानुसार टेण्डर आह्वान गरी ईजाजत पत्रका लागि अनुमति दिएको बताउनुभयो । उहाँले नदीजन्य पदार्थमा राप्ती सोनारी गाउँपालिका जिल्लाकै सबैभन्दा बढी नदीजन्य पदार्थ उत्सर्जन गर्ने पालिका भएको कारणले पनि सबैको चासो हुनु स्वभाविकै रहेको बताउनुभयो । उक्त परीयोजनाले राप्ति नदीमा जनताको तटबन्धन लञ्चिंगको काम सञ्चालन गरिरहेको छ ।

१२ मिटर चौडाई र ११ सय मिटर लम्बाईमा निमार्णाधीन उक्त तटबन्धन लञ्चिंग टपभन्दा साढे सात मिटर उचाईमा निमार्ण भईरहेको छ । ०७९ को पौष महिनादेखि शुरु भएको उक्त परियोजना आगामी वर्ष ०८१ को अषाढ मसान्तसम्म सकिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

Exit mobile version