नेपालगन्ज स्थित वेष्टर्न विजनेश गु्रपले नयाँ सञ्चालक समिति गठन गरेको छ । शुक्रबार भएको साधारणसभाले आगामी बर्षका लागि नयाँ योजना सहित नयाँ सञ्चालक समिति चयन गरेको हो । अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा पुनर्गठित सञ्चालक समितिमा कोशलराज नेपाल, धु्रव कुमार वैश्य, नारायण दत्त ढकाल, अजय कुमार शर्मा, मेहर सिंह खत्री र पप्पुकुमार तमोली चयन भएका छन् ।
विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा बसेको साधारणसभाले ज्ञवालीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गर्दै सुर्खेतरोड स्थित वेष्टर्न मललाई नयाँ योजनाका साथ सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत पनि गरेको बताइएको छ । ‘विशेष सहुलियत र सुविधा सहित बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, व्यापारिक पसल तथा व्यवसायिक कार्यालय सञ्चालन नीति बनाइएको छ’, नवनिर्वाचित अध्यक्ष ज्ञवालीले दैनिक नेपालगन्जसँग भने, ‘शैक्षिक एवं तालिम इन्स्टिच्युटदेखि रेष्टुरेन्ट, कफीशप लगायतका विविधतापूर्ण सहभागिता सहित वेष्टर्न मललाई पूर्णत व्यवसायिक बनाइनेछ ।’
अध्यक्ष ज्ञवालीका अनुसार, सञ्चालक समितिले जिम्मेवारी बाँडफाँड समेत गरेको छ । जस अनुसार, लेखा तथा आर्थिक व्यवस्थापनमा धु्रव कुमार वैश्य, मल व्यवस्थापनमा नारायण दत्त ढकाल, कम्पनी प्रशासन तथा मल भित्रका व्यवसायीहरूसँग समन्वयका लागि मेयर सिंह खत्री, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यका लागि कोशल राज नेपाल, अजय कुमार शर्मा र सूचना अधिकारीका रूपमा पप्पुकुमार तमोलीलाई जिम्मेवारी दिइएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
साधारणसभामा सल्लाहकारहरू प्रकाश लामिछाने, श्याम केसी, प्रल्हाद बहादुर कार्की तथा शेयर सदस्यहरू दुर्गा प्रसाद भण्डारी, श्रीराम सिग्देल, ऋषिराम सापकोटा, राम बहादुर श्रेष्ठ, नारायण दत्त उपाध्याय लगायतले नयाँ योजना र सम्भावनाबारे धारणा पनि राखेका थिए । ३५ करोड बढी लगानी गरिसकेको वेष्टर्न विजनेश गु्रपले नेपालगन्जमा वेष्टर्न मल सञ्चालन गर्नुका साथै विभिन्न व्यवसायिक क्षेत्रमा आफ्नो लगानी बिस्तार गरिरहेको जनाएको छ ।