जानकीमा होली मिलन

जानकी गाउँपालिका बाँकेले होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जानकी गाउँपालिकाको कार्यालयको सभाहलमा आईतबार होली मिलन कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले मधेशी , मुश्लिम शिष , पहाडी सबै मिलि आपसी सदभाव कायम गरि होली मनाउनु पर्ने बताए ।साथै अध्यक्ष खाँले कसैले पनि उसृङ्खल खालको गतिविधी नगरीकन सदभाव , एकता कायम गरी होली मनाउन पर्नेमा जोड दिए ।

 उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेल, वडा नम्वर पाँचका वडा अध्यक्ष टिकानाथ यादव , ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन ,कार्यपालिका सदस्य राम आचल धोवी , कार्यपालिका सदस्य राजेन्द्र सिँह, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु लगायतले होलीको शुभकामना ब्यक्त गरेका थिए भने विभिन्न वडाका वडा सदस्यहरु, गाउँपालिकाका शाखा प्रमुख लगायत कर्मचारीहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।
Exit mobile version