बाँके : होलीको दिन ३८ जना नियन्त्रणमा

बाँकेमा सोमबार अवाञ्छित गतिविधि गर्ने ३८ जना र सय बढी मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिइएको छ ।

दुघर्टना न्यूनीकरण गर्ने उद्देश्यले सोमबार चेकजाँचमा कडाई गरिएको थियो ।

त्यसक्रममा नियन्त्रणमा लिइएका १६ वटा बाहेक सबै सवारीसाधन प्रहरीले फिर्ता गरेको छ । कागजपत्र पेश गर्न नसकेका मोटरसाइकल भने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका मध्ये ९ जना बाहेक अन्यलाई छाडि सकिएको प्रहरीले जनाएको छ । ९ जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version