प्रजिअले गरे पार्किङ्ग शुल्क गुनासोको सम्बोधन

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आफ्नो मोबाइल नम्बरमा आएको गुनासोको सम्बोधन गरेका छन् ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा मनपरी पार्किङ्ग शुल्क लिइएको बारे प्रजिअको मोबाइल नम्बरमा गुनासो गरिएपछि त्यसको सम्बोधन गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले पार्किङ्ग शुल्कमा गरिएको गुनासोमा रसिद पठाउन आग्रह गरेपनि रसिद गुनासोकर्ताले पठाएनन् । तर, प्रजिअले त्यसमा ‘एक्सन’ लिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जमुनाह नाकामा सवारी साधनको पार्किङ्ग शुल्क २० रुपैयाँ मात्रै भएको जानकारी दिंदै त्यो भन्दा बढी लिएको भेटिए कारवाही गर्ने चेतावनी दिएका छन् । उनले पार्किङ्ग शुल्क उपमहानगरपालिकाले निर्धारण गरेको जानकारी दिंदै ठेकेदारका प्रतिनिधिलाई सो भन्दा बढी रकम नउठान जानकारी गराइसकिएको बताएका छन् ।

Exit mobile version