१५औं वर्षमा रेडियो कृष्णसार

नेपालगन्जस्थित सामुदायिक रेडियो, कृष्णसार एफएम ९४ मेगाहर्जले आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशनउत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो ।

बुधवार १४ औं वार्षिकोत्सवका अबसरमा विशेष प्रकाशन सँगै विविध कार्यक्रम गरिने एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिएका छन् ।

कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १५वर्ष अघि समुदायकालागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगन्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ ।

वदलिदो प्रविधि, कोभिड महामारीपछिको आर्थिक मन्दीलगायत विविध समस्याकावीच पनि सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको अधिकारीको भनाइ छ । एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको जनाएको छ ।

२ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवादिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथदिएर यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ ।

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्यांग, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घर अँगना, बाल कार्यक्रम बालप्रतिभा, भविष्य दर्पणलगायतका कार्यक्रम पनि कृष्णसार एफएमका लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम हुन् । यस्तै रेडियो इजलास, साझेदारी लगायतका कार्यक्रमले पनि स्रोताको मन जितेका छन् ।

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपालमैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो ।

रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँप्रयोग, जनता र जवाफदेहिलाई एक साथउभ्याउनकालागिपश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यकालागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् ।

Exit mobile version