चरेश सहित रुपैडिहमा नेपाली महिला पक्राउ

नेपालको सीमावर्ती क्षेत्र भारतको रूपैडिहामा एक नेपाली महिला चरेश सहित पक्राउ परेकी छन् ।

भारतीय सीमा सुरक्षा बलले चेकजाँचका क्रममा बिहीबार रुकुमकी ३७ बर्षीया सयपुरा बुढालाई ७ किलो ४ सय ग्राम चरेश सहित पक्राउ गरेको हो । भारतीय प्रहरीका अनुसार, बुढासँग १२ हजार ८ सय भारतीय रूपैयाँ, ७ हजार ४ सय नेपाली रूपैयाँ, २ वटा स्मार्ट फोन र १ थान किप्याड मोबाइल पनि बरामद भएको छ ।

रूपैडिहा थानाले महिलामाथि ‘एनडीपीएस एक्ट’ अनुसार मुद्दा दायर गरेर जेल चलान गरेको बताए । बरामद चरेशको भारतीय २ करोड रूपैयाँ हुनसक्न आंकलन प्रहरीले गरेको छ ।

Exit mobile version