दन्त चिकित्सकहरुको नेपालगन्ज कार्यशाला

नेपालगन्जमा दन्त चिकित्सकहरुकोे क्षेत्रीय कार्यशाला गरिएको छ । शुक्रवार वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.बिनोद थापा र आयोजक नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले कार्यशालाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मुख तथा दन्त स्वास्थ्य सेवाका सवालमा विभिन्न जानकारी आदानप्रदान गर्न कार्यशालाको आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।

कार्यशालामा दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि यन्त्र, उपकरण लगायतका कुरामा चर्चा हुने एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा दन्त चिकित्सासम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको छ ।

कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता छ । कार्यक्रममा डा. सुमन गौतम, डा. श्यामकुमार महर्जन र डा. मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गर्दैेछन् ।

चिकित्सकहरूबीच अनुभव आदानप्रदान, विचार विमर्श तथा अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान, सीप र धारणा प्रत्यक्ष सहभागितामूलक कार्यक्रमका माध्यबाट आदानप्रदान गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खल्ने आयोजकले विश्वास लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Exit mobile version