खाजा पसललाई एक लाख जरिवाना

पुरुषोत्तम सापकोटा

बाँकेमा बजार अनुगमनका क्रममा अखाद्य सामाग्री बेच्ने एक पसललाई एक लाख रूपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । बाणिज्य कार्यालय , खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा बासी÷सडे गलेको खाना बिक्री गर्ने बिपिचोक नेपालगन्ज स्थित ‘महरा खाजा घर’ लाई रु १ लाख जरिवाना गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिएका छन् ।

उपभोक्ताले गरेको गुनासोको आधारमा उक्त खाजा घरमा बाणिज्य कार्यालय , खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको प्राबिधिक टोलीले खाजा घरको अनुगमन गरेको थियो ।

त्यस्तै शुक्रबार नेपालगन्ज –वडा–१ स्थित बिशालनगर एरियामा भएको बजार अनुगमनको क्रममा ३ वटा पसलमा कैफियत भेटिएपछि जरिवाना र मालसामान नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । अनुगमनका क्रममा कोशेली मार्टलाई २० हजार जरिवाना, तिलक किराना पसललाई ५ हजार जरिवाना गरिएको हो ।

त्यस्तै, शुक्रबार औषधी व्यवस्था विभागले नेपालगन्जका तीन वटा औषधी पसलको अनुगमन गर्दा कैफियत भेटेपछि सुधारको निर्देशन सँगै आवश्यक कारवाही अगाडि बढाएको छ ।

Exit mobile version