खजुरा स्थित क्यान्सर अस्पतालमा आगलागी

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केहीबेर अघि आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएको नियन्त्रणका लागि दमकल बोलाइएको प्रारम्भिक जानकारी आएको बताए ।

प्रत्यक्षदर्शी खगेन्द्र खनालका अनुसार, नियन्त्रणको प्रयास भैरहेपनि आगो दन्किरहेको देखिन्छ ।

Exit mobile version