एसईई परीक्षा केन्द्रबाट बाँकेमा दुईजना निरीक्षक निस्काशित

पुरुषोत्तम सापकोटा

जारी एसईई परीक्षामा परिचालन भएका दुईजना निरीक्षक निस्काशित भएका छन् । सिद्धेश्वर माध्यमिक विद्यालय सिधनवा परीक्षा केन्द्रका निरीक्षक सविता कसेरा र दिर्गराज बजगाईलाई निस्काशित गरिएकाे हाे ।
अनिवार्य गणित विषयको परीक्षा सञ्चालनको क्रममा परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउनु पर्ने जिम्मेवारी र दायित्वमा रहेका पाएका उनीहरुले आफ्नाे जिम्मेवारी भुल्दा निस्काशित गरिएकाे बताइएकाे छ । उनीहरुलाई कारबाहीका प्रक्रियासमेत अगाडि बढाइएकाे छ ।
उक्त विद्यालय केन्द्रमा सञ्चालन भएको परीक्षालाई सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वको टोलीले आकस्मिक निरीक्षण गरेको थियो ।

Exit mobile version