दोषीलाई कारवाही गर्न एमाले बाँकेको माग

राष्ट्रिय युवा संघ नेपाल सम्बद्ध युवाहरूमाथि नियोजित ढंगबाट आक्रमण भएको भन्दै नेकपा एमाले बाँकेले दोषीलाई कारवाहीको माग गरेको छ ।

शनिबार डुडुवा गाउँपालिका वडा नं.४ मा भएको राष्ट्रिय युवा संघ नेपाल डुडुवा गाउँपालिकाको अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रमलाई लक्षित गरी कार्यक्रम समापन पश्चात फर्किने क्रममा डुडुवा गाउपालिका वडा नं.४ स्थित मिलन चोकमा खाजा खान रोकिएका राष्ट्रिय युवा संघ नेपालका युवाहरू माथी नियोजित ढङ्गबाट आक्रमण गरिएको घटना प्रति नेकपा (एमाले) बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले आक्रमणको निन्दा गर्दै घाइते रितेश कश्यपको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका थिए । उनले घटनाका दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याइ पीडित पक्षलाई न्याय दिन बाँके प्रशासनसँग माग गरेका छन् ।

Exit mobile version