श्रीमान्–श्रीमति नै धारिलो हतियार प्रहारबाट घाइते

बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँमा श्रीमान्, श्रीमति नै धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् ।

दुवैलाई अस्पताल लगिएको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

महेन्द्र सिंह रावत र उनकी घाइते श्रीमति चोट कसरी लाग्यो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमान्, श्रीमति आपसमै झगडा गर्दा हतियारको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ ।

Exit mobile version