माओवादी नेता कालीबहादुर खाम पक्राउ

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ ।  उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

उनी २०६५ वैशाख १५ मा व्‍यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए।

Exit mobile version