बाँके : दुई जना निरीक्षकलाई कारवाही

पुरुषोत्तम सापकोटा

अनुगमनका क्रममा निरीक्षकहरुले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहीबार परीक्षा सञ्चालनका क्रममा परीक्षार्थीहरुले परीक्षा मर्यादा विपरित काम गरिरहँदा पनि मुकदर्शक रहेको भन्दै गिता सुवेदी र सुर्य थापालाई जिम्मेवारीबाट निष्कासित गरेको जानकारी दिएको छ ।

निरीक्षकद्वयलाई भविष्यमा परीक्षा सञ्चालन सम्बन्धी कार्यको कुनै पनि जिम्मेवारीमा अयोग्य रहने गरी अभिलेखिकरण समेत गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

Exit mobile version