पशुलाई खोप

बाँकेको जानकी गाउँपालिकामा महामारी विरुद्द घरपालुवा जनावरहरु जोखिममा परेको भन्दै गाउँपालिकाले निशुल्क रुपमा महामारी विरुद्द पीपीआर अभियान सन्चालन गरेको छ ।गाउँपालिकाले पहिलो चरणमा १५ हजार भेडाबाख्राहरुलाई महामारी विरुद्द लाग्ने पीपीआर भ्याक्सिन लगाउन शुरु गरेको हो।

महामारी रोगबाट जोगाउन ३ महिनामाथिका भेडाबाख्राहरुलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ । जानकी गाउँपालिकाको पशु सेवा शाखाले १ देखि ६ नम्बर वडासबै गरी जम्मा १० जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही चैत्र १८ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको छ । पालिकाले वडा नम्बर १ देखि ६ नम्बर सम्म्ममा महामारी विरुद्दको अभियान सन्चालन गरेको छ ।

महामारी विरुद्दको अभियान १ हप्तासम्ममा सकिने गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख दिल वहादुर खड्काले बताएका छन । ६ वटै वडामा १८ गतेदेखिनै भ्याक्सिन लगाउन शुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख खड्काको भनाई छ । रोग लागेमा भेँडाबाख्रामा बढी ज्वरो आउने ,नाकबाट बाक्लो सिँगान आउने ,आँखामा बाक्लो कचेरा देखिने , मुखमा घाउ आएर खान नसक्ने र रगत मिसिएको दिसा गर्ने भएकाले समयमा औषधी उपचार नपाएमा मर्नसक्ने सम्भावना पनि आउन सक्ने पशु स्वास्थ्य शाखा प्रमुख खड्का बताउँछन ।

घरपालुवा जनावरहरुमा लाग्ने रोगका कारण अहिलेको अवस्थामा किसानहरु मारमा परेको भन्दै भेडाबाख्राहरुमा रोग नलागोस भनेर पीपीआरको भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताएका छन । स्थानिय सरकारप्रति जनताको हक अधिकार भएको बताउँदै उनिहरुको खुशी नै आफनो खुशी भएको अध्यक्ष खाँको भनाई छ ।

 जुन भ्याक्सिनको कार्यक्रम गाउँपालिकाले ल्याएको छ ,भेडाबाख्राहरु लाई रोग लाग्थ्यो त्यसबाट पनि बचाउन धेरै मद्दत गर्ने वडा नम्वर ३ जानकीकी स्थानिय किसान मोमना बागवान बताउँछिन । गाउँपालिकाले भेडाबाख्रामा लाग्ने महामारी विरुद्दको  भ्याक्सिन अभियान सन्चालन गरेपछि वडा नम्वर ३ जानकीकी स्थानिय किसान मोमना बागवान खुशी भएकी छन ।
Exit mobile version