महरा लुम्बिनीको मुख्यमन्त्री, बाँकेबाट को बन्ला मन्त्री ?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

महराले शुक्रबार मात्र बुहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

बाँकेबाट प्रदेशसभा सदस्यले लुम्बनी प्रदेशमा मन्त्रीको दाबी गरिरहेका छन् । एमालेका रत्न खत्री, माओवादीका कृष्णा केसी र जसपाका भण्डारीलाल यादव, आदेश अग्रवाल मन्त्री पदको दौडमा छन् ।

Exit mobile version