फेरियो बाँकेको प्रहरी कमाण्ड

जिल्लाको प्रहरी कमाण्ड फेरिएको छ । पछिल्लो दिन विवादमा रहेका बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुवास बोहराको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका अनुसार, बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई पठाइएको छ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा रहेका कार्कीलाई बाँकेको जिम्मेवारीमा ल्याइएको हो ।

Exit mobile version