बाँकेका यादव लुम्बिनीमा मन्त्री

बाँकेका भण्डारीलाल यादव लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभामा बाँकेबाट निर्वाचित यादवले आइतबार शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री जोख बहादुर महराले आइतबार सपथ लिएपछि तीन मन्त्री नियुक्त गरेका हुन् ।

नेकपा एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दिपक पुन तथा जसपाका यादवले मन्त्री पदको सपथ ग्रहण गरेका हुन् ।

Exit mobile version