सातदिन भित्र रेलिङ्ग दुरुस्त गर्न नगर प्रमुखको चेतावनी

सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्वाही गर्ने भएको छ ।
नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ–आफ्नो पसल–व्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनःनिर्माण गर्न अल्टिमेटम दिएको छ ।

निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कारवाही गर्ने नगर प्रमुख विष्टले चेतावनी दिएका छन् ।

Exit mobile version