तयारीमा गगनको ‘संवाद यात्रा’

नयाँ वर्षको पहिलो दिननै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेमा ‘संवाद यात्रा’लाई सम्बोधन गर्ने भएका छन् ।

त्यसको तयारीका क्रममा विहीवार आयोजित पत्रकार भेटमा बिहिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले महामन्त्री कार्यक्रमले जनतामा नयाँ उत्साह थपेको बताए । ‘महामन्त्री थापाले २०४७ यता नेतृत्वमा पुगेका प्रधानमन्त्री, मन्त्री र नेताहरुको सम्पक्ति छानविन गर्नु पर्ने माग गर्नु भएकाले या कार्यक्रम अत्यन्त महत्वपूर्ण छ,’ वाल्मिकीले भने, ‘भ्रष्टाचार कारण कमजोर भैरहेको बेला नेपाली कांग्रेस उठान गरेको यो मागले नेपाली समाजलाई सकारात्मक र सुशासनको मार्गमा लैजानेछ ।’

हुलाकी राजमार्ग क्षेत्र केन्द्रित समुदायमा कांग्रेस अन्तर्गत ‘संवाद यात्रा’ को क्रममा महामन्त्री थापा बाँके आउन लागेका हुन् ।

बैशाख १ गते र २ गते हुने कार्यक्रमको व्यवस्थापनको लागि नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ र ३ सक्रिय भएर लागेको बताएका छन् ।

पत्रकार भेटमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सभापति रमेश कुमार गुप्ताले बैशाख १ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका–५ कम्दीस्थित मिलनचोक र ४ बजे नेपालगन्जको त्रिभुवन चोकमा संवाद यात्रा तय भएको जानकारी दिए ।

Exit mobile version