स्वास्थ्य र शिक्षामा सहजीकरण गर्दै दैलेखी समाज

आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरूका लागि स्वास्थ्य उपचार र शिक्षाका लागि दैलेखी समाज बाँकेले पहल थालेको छ । समाजका अध्यक्ष पूर्णदेव गिरीका अनुसार, बाँकेमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूसँग निःशुल्क उपचारका लागि सम्झौता गरिएको हो ।

‘पहिलो चरणमा धेरैजसो अस्पतालहरूसँग सम्झौता गरिसकिएको छ’, नेपालगन्ज मेडिकल कलेज, भिजन आँखा अस्पताल, ब्रिनोज कान लगायतका विभिन्न अस्पतालहरूसँग गरिएको सम्झौताबारे जानकारी दिंदै अध्यक्ष गिरीले भने, ‘नयाँ बर्ष २०८१ देखि नै सम्झौता कार्यान्वयनमा आउने छ ।’

अध्यक्ष गिरीले आगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयनमा आउने गरी शिक्षामा गरिबीको रेखामूनि रहेकाहरूको पहुँच वृद्धिका लागि पनि स्थानीय तहसँग सम्झौता गरिन लागेको जानकारी दिए । ‘त्यसका लागि दैलेख र बाँकेका सम्पूर्ण स्थानीय पालिकालाई पत्राचार गरिएको छ’, गरिबीको रेखामूनि रहेका समाजका सदस्यहरूको पहिचान गरी उनीहरूलाई निःशुल्क स्वास्थ्य उपचार र शिक्षाको पहल समाजले लिन लागेको जानकारी दिंदै अध्यक्ष गिरीले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version