६३ बाख्रा मरे, अनुसन्धानमै क्षति

कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६३ वटा बाख्रा आगोमा जलेर मरेका छन् । बाँकेको जानकीमा रहेको लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा भएको आगलागीमा अनुसन्धानका लागि राखिएका बाख्रा, पाठापाठी मरेका हुन् ।
बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३५ वटा पाठापाठी मरेको हो । उक्त खोर नम्बरमा रहेका २१ वटा बाख्रालाई उद्दार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।
स्थानीयवासी र त्यहाँका कर्मचारीले आगो नियन्त्रणमा लिएका थिए । जिउँदा बाख्राको उद्दार समेत स्थानीय र कर्मचारीहरूले गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी नारायण डाँगीले बताएका छन् ।
निर्देशनालयका सूचना अधिकारी रविन गिरीले अनुसन्धानका लागि राखिएका बाख्रा, पाठापाठीको मृत्युले अनुसन्धानमै क्षति पुगेको बताए । ‘मूल स्रोत बिउमै क्षति पुगेको छ’, उनले भने, ‘हामीले राखेका बाख्रा, पाठापाठी अनुसन्धानका लागि थिए, केही किसानलाई पनि बिक्री गथ्र्यौ’, उनले भने ।
‘प्रजाति संरक्षणका लागि पनि निर्देशनालयमा पाठापाठी राख्ने गरिन्छ’, सूचना अधिकारी गिरीले भने, ‘मृत्यु हुने बाख्रामा तराई लोकल, बोर क्रस, भारबेरी, जमुनापारी लगायतका थिए ।’ किसानको माग हुँदा उक्त प्रजातिको दिने गरेका थियौं ।
बाख्रा, पाठापाठीलाई जोडोका समयमा न्यानो बनाउन राखिएको परालमा विद्युत सर्ट सर्किट हुन आगलागी भएको थियो । निर्देशनालयमा सुरक्षागार्ड, चौकिदार रहँदा पनि ठूलो संख्यामा बाख्रा मरेका हुन् ।

Exit mobile version