नयाँ बर्षको सडकमै स्वागत

विक्रम सम्वत् २०८१ को स्वागतमा शनिबार कसौंधन वैश्य समाज मूल समितिले प्रभातफेरिको आयोजना गरेको हो । मूल समितिको छातामा कसौंधन वैश्य महिला मञ्च र युवा मञ्चले संयुक्त रूपमा प्रभातफेरीको आयोजना गरेका हुन् ।

किन्नुराम धर्मशालाबाट समाजका सदस्यहरू सम्मिलित प्रभातफेरी मूल समितिका अध्यक्ष सन्तोष कुमार वैश्यको नेतृत्वमा नेपालगन्जका विभिन्न ठाउँमा पुगेर बागेश्वरीमा समापन गरिएको थियो । समापनमा अध्यक्ष वैश्यसँगै महिला मञ्चका अध्यक्ष सरिता वैश्य, युवा मञ्चका सञ्जय वैश्यले बोलेका थिए ।

Exit mobile version