जडिबुटी उद्योगमा आगलागी

बाँकेको जानकी गाउँपालिकामा रहेको बाहुबली हर्व प्रा.लिमा आगलागी भएको छ ।

विहान ७ बजे लागेको आगो नियन्त्रणमा आएको छैन ।

आगलागी नियन्त्रणमा ११ वटा दमकलको प्रयोग भैरहेको बताइन्छ । बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

राजेश जैनको नाममा रहेको बाहुबली हर्व प्रा.लिमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । उद्योगमा सल्लाको खोटो तथा दाउरामा लागेको आगो उद्योगसम्म पुगेको हो ।

आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेना परिचालित भएका छन् ।

Exit mobile version